भोजपुर स्मारिका विमोचन


 


काठमाडौँ, वैशाख १६

संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले शनिबार राजधानीमा नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चद्वारा प्रकाशित मञ्चको वार्षिक प्रकाशन ‘भोजपुर स्मारिका’ विमोचन गरे ।

विमोचनपछि मन्तव्य व्यक्त गर्दै नेम्बाङले भोजपुर प्रकृति र संस्कृतिका साथसाथै साहित्य, कलाका क्षेत्रमा पनि प्रसिद्ध रहेको बताउँदै भोजपुरप्रति आफ्नो विशेष सम्बन्ध रहेको सुनाए ।

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद कृपासुर शेर्पा, सांसद जयन्ती राई, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, एक नम्बर प्रदेश सम्पर्क समितिका सह–संयोजक नन्दकुमार राई लगायतले आआफ्ना धारणा राखेका थिए ।

मञ्चका अध्यक्ष रेजिन श्रेष्ठका अनुसार वार्षिक रूपमा ‘भोजपुर स्मारिका’ प्रकाशन हुने गरेको छ । स्मारिकाको सल्लाहकार सम्पादकमा प्राज्ञ शशी लुमुम्बू रहेका छन् भने सम्पादकमा रेजिन श्रेष्ठ रहेका छन् ।

स्मारिकामा जिल्ला, नगर–गाउँपालकिा परिचयका साथै विचार, दर्शन, साहित्य, कला र संस्कृति विधाका लेख÷रचनाहरू समेटिएका छन् ।

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्