प्रतिलिटर १५ रुपैयाले बढ्याे पेट्राेल र डिजेलकाे भाउ



काठमाडौँ ११ चैत। नेपाल आयल निगमले आजरातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो ।

भारतीय बजारमा मूल्य बढ्दा नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म ५ अर्ब घाटा हुने देखिएको बताइएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्