इटालियन सीरी एको उपाधि इन्टर मिलानलाई



काठमाडौं, २१ वैशाख। इटालियन सीरी एको उपाधि इन्टर मिलानले जितको छ।

आइतबार पार्मालाई २–० ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको हो। इन्टरले लिग जितेको यो तेस्रो पल्ट हो। विजयी टिमका लागि मार्कस थुराम र हेनरिक मखाटेरियनले एक एक गोल गरे।

लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् र इन्टरलाई दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्यापियन नेपोलीमाथि १२ अंकको अग्रता लिएको छ।
इन्टरको ८२ अंक भएको छ भने नेपोलीको ७० र एसी मिलानको ६७ अंक भएको छ। अब इन्टरले अर्को साता कोपा इटालियाको फाइनलमा लाजियोको सामना गर्दैछ।

पहिलो हाफको अतिरिक्त समयमा फ्रान्सका फरवार्ड थुरामले गोल गर्दै अग्रता दिलाएका थिए।

इन्टरले दोस्रो गोलको लागि ८० औं मिनेटसम्म कुर्नुपर्‍यो, जसमा लाउटारो मार्टिनेजको पासमा वैकल्पिक खेलाडी ३७ वर्षीय मखितारियनलाई गोल गरे।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्