कति छ तरकारीको मूल्य?



काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बुधबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज गोलभेँडा, ब्रोकाउली, बोडी, फर्सीसहितका केही तरकारीको भाउ बढ्दा आलु, प्याजसहित कतिपय तरकारीको मूल्य भने घटेको छ। केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ५६, रातो आलु २४, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३९, तराईको गाँजर ३०, लोकल बन्दा ३४, स्थानीय काउली ६०, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ८५, लौका ४५, घिरौँला ५५, लोकल परबल ७५, हरियो डल्ले फर्सी ३९, पाकेको फर्सी ५७, कन्य च्याउ २२२, डल्ले च्याउ ३७५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली ९२ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ५७, रातो आलु २५, भारतीय आलु २२, भारतीय सुकेको प्याज ४१, तराईको गाँजर ३०, लोकल बन्दा ३९, स्थानीय काउली ६७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २२ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ९५, लौका २७, घिरौँला ५५, लोकल परबल ७५, हरियो डल्ले फर्सी २३, पाकेको फर्सी ५३, कन्य च्याउ २४२, डल्ले च्याउ ३७५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली ६५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्