श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई



काठमाडौँ, २ वैशाख। श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।

धरानमा भएको भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा सुनसरीका प्रतिभा सेख अन्सारीलाई निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्षमा दुर्गा पोखरेल, एमके राई र राजेश दुलाल पनि निर्वाचित भएका छन् ।

सचिवमा दीपक तिम्सिना, सहसचिवमा नवीन राई, इन्दिरा राई र मनोज जिमि निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा प्रमाण राडे, सहकोषाध्यक्षमा थोमस कुलुङ, प्रवक्तामा अभिनास लिम्बू निर्वाचित भएका छन् ।

सहप्रवक्तामा अमर लहार र हेम केलाङलाई निर्वाचित गरेको छ । भेलाबाट १ सय ३३ सदस्यीय प्रदेश सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार