आईएसआईएसका दोस्रो मुख्य नेता अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएसआईएस) का विश्वव्यापी दोस्रो मुख्य कमान्डर अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत वक्तव्य जारी गर्दै ट्रम्पले अमेरिकी र नाइजेरियाली सुरक्षा बलको संयुक्त कारबाहीमा अल–मिनुकी मारिएको दाबी गर्नुभएको हो । ट्रम्पकाअनुसार अल–मिनुकीले अफ्रिकामा लुक्न सकिने ठाने तापनि अमेरिकी गुप्तचर निकायहरूले उनको गतिविधिका बारेमा निरन्तर जानकारी प्राप्त गरिरहेका थिए ।
उनले अल–मिनुकीको अन्त्यसँगै आईएसआईएसको विश्वव्यापी सञ्जाल र परिचालन क्षमतामा ठूलो धक्का पुगेको समेत उल्लेख गरे। यस सफल सैन्य कारबाहीका लागि राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारको साझेदारी र सहयोगप्रति आभार व्यक्त गरे। यद्यपि, यस कारबाहीको आधिकारिक पुष्टि अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० वा नाइजेरियाली सरकारले गर्न बाँकी छ ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार







