सर्लाहीमा युवकद्वारा आत्मदाहको प्रयास, उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियाे
सर्लाही, २६ असार । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले घरदेखि करिब २०० मिटर टाढा पुगेर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरिएको छ। थप उपचारका लागि उहाँलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएकाे छ ।
यस घटनाबारे सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई जानकारी गराइसकेको सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गर्नुभएको छ।
यता, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवका अनुसार आत्मदाहको प्रयास गर्ने विवेक मण्डलमा सामान्य मानसिक समस्या रहेको थियो।
काठमाडौंमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










