जवाङ खोलामा पहिरो खस्यो, मुग्लिङ-काठमाडौं सडक अवरुद्ध
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुङ्गासहितको पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको हो ।
सडक अवरुद्ध भएसँगै सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू राजमार्गमै रोकिएका छन् भने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ । तर, माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले सडक खुलाउन समय लाग्ने देखिएको धादिङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







