Deshko News
१६ आश्विन २०८०, मंगलबार

पारिजात पुरस्कार चार जनालाई



काठमाडौँ,  जेठ १३

पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ ।

केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो । ती पुरस्कार जनही रु १० हजार राशिको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रुपमा ती पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष रायनलगायतले स्रष्टा पारिजातको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

विसं १९९४ वैशाखमा जन्मनुभएका पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन् । उहाँको निधन २०५० साल वैशाख ५ गते काठमाडौँम भएको थियो । रासस

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News