Deshko News
१३ आश्विन २०८०, शनिबार

राष्ट्रिय कविता महोत्सवमा रानाहँछाले मारे बाजी




काठमाडौं, असार ९
नेपाल प्रज्ञा प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७४ मा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । उनको कविता ‘आँधीको यात्रा’ प्रथम भएको हो ।

उनी महोत्सवमा सहभागी ३२ प्रतियोगीलाई उछिन्दै प्रथम हुन सफल भएका हुन् । रानाहँछाले ‘थिविया चराको गीत’ कवितासङ्ग्रह पनि प्रकाशन गरेका छन् ।

महोत्सवमा भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविताले दोस्रो स्थान हाँसिल गरेको छ ।

त्यस्तै, दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका छन् ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News