Deshko News
१३ आश्विन २०८०, शनिबार

साहित्यकार भट्टको ७९ वर्षको उमेरमा निधन



धनगढी, असार १४

यस क्षेत्रका समाजसेवी, साहित्यकार एवम् पण्डित दीनानाथ भट्टको मङ्गलबार ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँमा निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी भट्टको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उहाँका छोरा हरिप्रसाद भट्टले बताउनुभयो । सुदूरपश्चिमको सबैभन्दा पुरानो कैलाली जनपुस्तकालयका संस्थापक भट्ट केही महिनादेखि फोक्सोसम्बन्धी रोगले ग्रसित हुनुहुन्थ्यो ।

छन्द लयमा कविता लेख्ने भट्टका थुप्रै सांस्कृतिक र शैक्षिक लेख प्रकाशित छन् । उहाँका ‘भावनाका तरङ्गहरु‘ कविता सङ्ग्रह र ‘अभिनन्दन ग्रन्थ’ गरी दुई कृति प्रकाशित छन् ।

दुई दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मानित साहित्यकार भट्टले कलासाहित्य र संस्कृतिमा कलम चलाउने स्रष्टालाई सम्मान गर्न कैलाली जन पुस्तकालयमार्फत रु एक लाखको अक्षयकोषसमेत स्थापना गर्नुभएको थियो ।

उहाँका तीन छोरा, एक छोरी र दुई श्रीमती हुनुहुन्छ । स्वर्गीय भट्टको पार्थिव शरीर धनगढीमा ल्याइएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News