यी हुन् भोजपुरमा पहिलो खाता खोल्ने एमालेका विजयी उम्मेदवार


 


भोजपुर, असार १५
पौवादुङमा गाउँपालिका वडा नं ६ मा एमालेका उम्मेदवार दिपक साङपाङ राई विजयी भए । राईले नै भोजपुरमा एमालेको पहिलो विजयको झण्डा फहराएका हुन् । भोजपुर नगरपालिका वडा नं मा २ कुमार राईले दोस्रो विजयको झण्डा फहराएका हुन् ।

दिपक राईले सर्वाधिक ४८८ मत ल्याएर विजयी भए भने कांग्रेसका उम्मेदवार मान प्रसाद राईले १२१ माओवादी केन्द्रका उम्मेदवार रामशेर राईले ९५ मत प्राप्त गरेका थिए ।

७४० मत खसेको यहाँ राईको प्यानल नै विजयी भएको हो । यो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित एमालेका उम्मेदवार अगाडि छन् । एमाले अध्यक्षका उम्मेदवार किरण राईले ७३० ल्याएका छन् भने एमाले उपाध्यक्ष उम्मेदवार ज्योत्सना राईले ७१७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै कांग्रेस अध्यक्ष उम्मेदवार शिसिरा राई ५६३ उपाध्यक्ष मनोज कार्की ५५९ माओवादी केन्द्र अध्यक्ष उम्मेदवार नगेन्द्र भुजेलले ३०७ र उपाध्यक्ष सम्झना राईले ३१५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्