Deshko News
१३ आश्विन २०८०, शनिबार

ट्याम्के मैयुङमा धुर्ब राई दुई सय ५० मतले अगाडि



भोजपुर, असार १६

ट्याम्के मैयुङ गाउँपालिका अध्यक्षमा धुुर्व राईले आफ्नो अग्रतालाई कायमै गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले २१६२ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी संयुक्त गठबन्धनका उम्मेदवार रामसिंह राईले १९१४ मत ल्याएका छन् । यो मतान्तर दुई सय ४८ हो ।

गाउँपालिका उपाध्यक्षमा पनि एमाले उम्मेदवार इन्द्रवती राईको अग्रता कायमै छ । राईले २२०० मत ल्याएकी छिन् भने संयुक्त गठबन्धनका उम्मेदवार सरोज बस्नेतले २१४३ मत ल्याएका छन् ।

नौ वटा वडा रहेको यहाँ सातवटा वडाको परिणाम आइसकेको छ । जसअनुसार एमालेले पाँच वटा वडा जितेको छ भने माओवादी र संघीय समाजवादी फोरमले एक एक वटा वडा जितेका छन् ।

यहाँ वडा नं ३ र ५ को मतगणना धमाधम भइरहेको छ । परिणाम आजै सार्वाजनिक हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News