भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी
भोजपुर, असार १७
भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनी २ हजार ७२७ मत ल्याएर विजयी भए ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २ हजार १२७ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा पनि नेपाली काँग्रेसकी विनिता ढकाल विजयी भएकी छन् । उनले २ हजार ७५८ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता राईले २ हजार १३७ मत ल्याइन् ।
प्रकाशित मिति: १७ असार २०७४, शनिबार
















