Deshko News
१६ आश्विन २०८०, मंगलबार

हतुवागढी गाउँपालिकामा चार दललाई हराउँदै एमाले विजयी



भोजपुर, असार १७
भोजपुरको हतुवागढी गाउँपालिकामा चार दलिय गठबन्धनलाई पराजित गर्दे एमाले विजयी भएको छ । यहाँ गाउँपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले विजयको झण्डा फहराएको हो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमकुमार राईले ३४९६ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्द्धी मदन खुलालले ३२६० मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा एमालेकी चन्द्रमा राईले ३२८१ मत प्राप्त गरिन् ।

गठबन्धनकी उम्मेदवार सुनिता राईले २५३५ मत ल्याइन । यहाँ कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र खम्बुवानले संयुक्त उम्मेदवार उठाएको थियो ।

नौ वटा वडा रहेको यहाँको अन्तिम मत परिणाम अनुसार १,२,३,४,५ एमाले,६,७,९ कांग्रेस र ८ नं वडा माओवादी केन्द्र बिजयी भएको छ ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News