षडानन्द नगरपालिका : वीरबलको अग्रता कायमै, सुरेन्द्र मतान्तर घटाउँदै


 


भोजपुर, असार १८
भोजपुरको अन्तिम परिणाम आउन बाँकी रहेको एक मात्र स्थानीय तह षडानन्द नगरपालिकामा रोचक भिडन्त देखिएको छ । यहाँ कांग्रेस मेयरका उम्मेदवार वीरबल राईको सुरुदेखिको अग्रता कायमै छ ।

एमाले मेयरका उम्मदेवार सुरेन्द्र उदास राईसँगको मतान्तर धमाधम घटाइरहेका छन् । ६ सय बढी मतले अगाडि रहेका राई यतिबेला १९४ मतले मात्र अघी छन् । राईको ४५३१ मत छ भने सुरेन्द्र उदासले ४३३७ ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार मेरिका राई ३५५ मतले अगाडी छिन् । नेपाली काँग्रेसकी सीता श्रेष्ठकाे ३९७९ मत आएको छ भने मेरिका राईले ४३३४ प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्