Deshko News
१६ आश्विन २०८०, मंगलबार

भोजपुरको षडानन्द नगरपालिकामा कांग्रेस विजयी



भोजपुर, असार १८
भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसका वीरबल राई ४९८६ मत प्राप्त गर्दे नगरपालिकाकाे मेयरमा विजयी भएका हुन् । एमालेका सुरेन्द्र उदासले ४६९४ मत ल्याए ।

उपमेयरमा भने एमालेकी मेरिका राईले ४६९७ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता श्रेष्ठले ४४१३ मत प्राप्त गरिन् ।

याे नगरपालिका नगरपालिका काँग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नगर हाे । साथै एमाले केन्द्रिय नेता राजेन्द्र रार्इकाे पनि यही नगर हाे ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News