एमालेको विजयी जुलुसमाथि आक्रमण, दुई घाइते




सुनसरी, असार १९
सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ मा एमालेले निकालेको विजय जुलुसमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।

वडा अध्यक्षमा एमालेका उम्मेदवार डेगराज फुयाल विजयी भएपछि एमालेले विजयी जुलुस निकालेको थियो । सोमबार साँझ निकालेको जुलुसमा कांग्रेस कार्यकर्ताले भाला, हेल्मेट र बाँस प्रयोग गरेर आक्रमण गरेका थिए ।

कांग्रेसको आक्रमणमा परि युवासंघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्लेलगायत घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News