भोजपुरको अन्तिम परिणाम यस्तो छ, कुन गाउँपालिकाको, कति वडा, कुन दलले जिते ?


 


काठमाडौं, असार १९
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत भोजपुरको सबै नतिजा सार्वजनिक भएको छ । नौ वटा स्थानीय तह रहेको भोजपुरमा दुई नगरपालिका सहित चार स्थानमा कांग्रेस, चार गाउँपालिकामा एमाले र एउटा गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेका छन् ।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका र साल्पा सिलिछो गाउँपालिका कांग्रेसले जितेको हो ।

एमालेले ट्याम्के मैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र पौवादुङ्मा गाउँपालिकामा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्र आमचोक गाउँपालिकामा विजयी भएको छ ।

कुन तहमा को ?

भोजपुर नगरपालिका

मेयर कैलाश कुमार आले (कांग्रेस)
उपमेयर ममिता राई (एमाले)

षडानन्द नगरपालिका

मेयर वीरबल राई (कांग्रेस)
उपमेयर मेरिका राई (एमाले)

साल्पा सिलिछो गाउँपालिका

अध्यक्ष महेश राई (कांग्रेस)
उपाध्यक्ष धनमाया राई (एमाले)

अरुण गाउँपालिका

अध्यक्ष गजेन्द्रबहादुर कार्की (कांग्रेस)
उपाध्यक्ष विनिता ढकाल (कांग्रेस)

पौवादुङ्मा गाउँपालिका

अध्यक्ष किरण राई (एमाले)
उपाध्यक्ष सम्झना राई (माओवादी केन्द्र)

ट्याम्के मैयुङ गाउँपालिका

अध्यक्ष धुर्ब राई (एमाले)
उपाध्यक्ष इन्द्रवती राई (एमाले)

रामप्रसादराई गाउँपालिका

अध्यक्ष विजय राई (एमाले)
उपाध्यक्ष सम्झना राई (माओवादी केन्द्र)

हतुवागढी गाउँपालिका

अध्यक्ष प्रेमकुमार राई (एमाले)
उपाध्यक्ष चन्द्रमा राई (एमाले)

आमचोक गाउँपालिका

अध्यक्ष अशोक कुमार राई (माओवादी केन्द्र)
उपाध्यक्ष सिता राई (माओवादी केन्द्र)

वडामा कस्ले कति जिते ?

८१ वटा वडा रहेको भोजपुरमा सबैभन्दा धेरै एमालेले जितेको छ । एमालेले ३७ वटा वडामा जित हासिल गरेको हो । त्यस्तै कांग्रेसले २५ वटा वडा जित्दै दोस्रो भएको छ भने माओवादी केन्द्रले १८ वटा वडा जितेको छ ।

यहाँ माओवादी केन्द्रले सबै गाउँपालिकाको वडामा आफ्नो उपस्थिति देखाएको छ भने अरुण गाउँपालिकामा एमाले र ट्याम्के मैयुङ गाउँपालिकामा कांग्रेसले एउटा पनि वडा जित्न सकेनन् ।

कुन गाउँपालिकामा कस्ले कति वडा जिते ?

भोजपुर नगरपालिका (१२ वडा)
कांग्रेस ६
एमाले ५
माओवादी केन्द्र १

षडानन्द नगरपालिका (१४ वडा)

एमाले ९
कांग्रेस ४
माओवादी १

साल्पा सिलिछो गाउँपालिका (६ वडा)

कांग्रेस ३
एमाले २
माओवादी १

अरुण गाउँपालिका (७ वडा)

कांगेस ६
माओवादी १

पौवादुङ्मा गाउँपालिका (६ वडा)

माओवादी ३
एमाले २
कांग्रेस १

ट्याम्के मैयुङ गाउँपालिका (९ वडा)

एमाले ७
माओवादी १
संघीय समाजवादी फोरम १

रामप्रसाद राई गाउँपालिका (८ वडा)

माओावादी ४
एमाले ३
कांग्रेस १

हतुवागढी गाउँपालिका (९ वडा)

एमाले ५
कांग्रेस ३
माओवादी १

आमचोक गाउँपालिका (१० वडा)

माओवादी ५
एमाले ४
कांग्रेस १

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्