कैलालीमा माओवादी केन्द्रले खाता खोल्यो, पूर्व लडाकु बने अध्यक्ष


 



कैलाली, असार २०
नेकपा माओबादी कन्द्रले कैलालीको कैलारी गाउँपालिकामा जित हात पार्दै खाता खोलेको छ । कैलारी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम चौधरी विजयी भएका छन् ।

पूर्व माओबादी लडाकु समेत रहेका चौधरी ६ हजार २०४ मत ल्याउँदै गाउँपालिका प्रमुख बन्न सफल भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामसमत चौधरीले ५ हजार ८८७ मत पाए ।

उनी शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

उपाध्यक्षमा पनि माओवादीकै लक्ष्मी छत्गौवा विजयी भएकी छन् । उनले ६ हजार ६४ मत पाइन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५ हजार ४०७ मत पाइन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्