Deshko News
१४ आश्विन २०८०, आइतबार

धरानमा चुनाव चिन्हले लफडा, मतगणना स्थगित



धरान, असार २०
धरानमा दलहरुको चुनाव चिन्हकै कारण विवाद सृजना भएको छ । मंगलबार निर्वाचन आयोगका गणक कर्मचारी मानबहादुर कार्की र धनकुमार राईलाई मतगणना स्थलबाट निस्काशन गरिएको छ ।

उनीहरुमाथि माओवादी केन्द्रले पाएको ५० मत एमालेको सूचीमा राखेको आरोप छ ।

त्यसैगरी, हँसिया हथौडा चिह्नमा परेको मतलाई हँसिया तारामा परेको भन्दै मालेको सूचीमा राखिदिएको आरोप पनि दलहरुले लगाएका छन् । यहि विवादकै कारण धरानको मतगणना स्थगित भएको छ ।

विवाद समाधान गरेर मतगणना सुचारु गर्नका लागि सहमतीको प्रयास थालिएको छ । त्यसका लागि सर्वदलीय बैठक डाकिएको छ । असन्तुष्ट पक्षले वडा नम्बर ९ र ११ को पुनः मतगणना गरिनुपर्ने माग पनि गरेका छन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News