Deshko News
१३ आश्विन २०८०, शनिबार

मोरङको रंगेली नगरपालिकाको मेयरर पद माओबादीको पोल्टामा, उपमेयरमा विवाद



मोरङ, असार २२
मोरङको रंगेली नगरपालिकामा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ । माओबादी केन्द्रका उम्मेदवार दिलिप अग्रवाल ८ हजार ६८ मत ल्याएर मेयरमा विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेर पराजित भए । उपमेयरमा भने विवाद उत्पन्न भएको छ ।

उपमेयरमा पनि माओवादी कन्द्रकी केशकुमारी खनाल १२ मतले विजयी भएपछि कांग्रेसले त्यसलाई नस्वीकार्दा विवाद उत्पन्न भएको छ ।

उनले ५ हजार ७२० मत प्राप्त गरेकी छन् भने उनकी प्रतिद्वन्द्वी राधादेवी मण्डलले ५ हजार ७०८ मत प्राप्त प्राप्त गरेकी छन्। कांग्रेसले मतगणनामा तलमाथि भएको भन्दै पुनः मतगणना गरेपछि वडा नम्बर ७ मा पुनः मतगणना हुने भएको छ ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News