पहिरोले पासाङलामु राजमार्ग बन्द, सवारीसाधनसंगै सैयौं कन्ट्रेनर अलपत्र



रसुवा, असार २६

पहिरोका कारण पासाङलामु राजमार्गको मूलखर्क खण्डमा साेमबार बिहानदेखि सवारीसाधन आवागमन बन्द भएको छ ।

रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास जारी भइसकेको छ । सडक बन्द हुँदा यात्रुबाहक सानाठूला दर्जनौँ सवारीसाधन र चीनको केरुङबाट सामान ढुवानी गर्ने सयौँ कन्ट्रेनर अलपत्र परेका छन् ।

पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको र सडक खुलाउन विष्फोट गराउन पर्ने भएकाले डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News