कोरियाको ईपीएस जस्तै पद्धति लागू गर्न इजराइलसामू प्रस्ताव


 



काठमाडौं, असार २७
नेपालले कोरियासँग ‘रोजगार अनुमति प्रणाली’ (ईपीएस) जस्तै पद्धति लागू गर्न र कामको क्षेत्र बढाउन इजरायलसामू प्रस्ताव गरेको छ ।

वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) सामू यस्तो प्रस्ताव राखेको हो । नयाँ सम्झौता गर्दा कोटा तोकेर केयरगिभर लैजाने पद्धति परिमार्जन गर्न प्रस्ताव गरिएको छ ।

कोरियामा जस्तै कामदारको प्रारम्भिक छनौटका लागि नै भाषा परीक्षामा आधारित पद्धति लागू गर्नु पर्ने नेपाली पक्षको प्रस्ताव छ ।

नेपाली अधिकारीहरुले केयर गिभर बाहेकका सम्भाब्य क्षेत्रमा पनि कामदार लैजाने गरी सम्झौता गर्न नेपाली अधिकारीले जोड गरेका छन् ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्