एमालेले बनायो २ नम्बर प्रदेशमा चुनाव जित्ने यस्तो रणनीति


 


काठमाडौं, साउन ६

एमालेले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पनि पहिलो दल बन्ने गरी रणनीति बनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस र माओवादीले संविधान संशोधनलाई प्रमुख मुद्दा बनाएर विरोधी दलका रूपमा चित्रित गर्न सक्ने आँकलनसहित एमालेले त्यसलाई चिर्ने रणनीति बनाएको हो । १२७ तहमध्ये कम्तीमा ५० प्रतिशतमाथि ६५ देखि ७० स्थानमा प्रमुख जित्ने एमालेको लक्ष्य छ ।

महासचिवको नेतृत्वमा पदाधिकारी खटिने
चुनावी अभियानमा महासचिव ईश्वर पोखरेलसहित सचिवालयका सबै सदस्य खटिने भएका छन् । प्रारम्भिक तयारीमा महासचिवसहित उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट तराईमा खटिन लागेका हुन् ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्