चुनाव

– कुमार काफ्ले
गम्भीर स्वभावको गम्भीरबहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। कुरा कम काम बढी गर्थ्यो।
चकलेटी स्वभावको प्रेमबहादुर भने महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो। उ चाहिने काम कम कुरा बढी गर्थ्यो।
समयक्रममा ती दुईबीच स्थानीय चुनावमा प्रतिस्पर्धा हुने भयो। गम्भीरबहादुरलाई फराकिलो मतान्तरले हराउँदै प्रेम बहादुरले विजयको माला पहिरियो।
केही पछि भेद खुल्यो,उसलाई जवानी सुम्पिएका महिलाहरूको मतले मात्रै उसले चुनाव जितेको रहेछ। समकालीन साहित्य
प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार
















