भूँइचालोले भोजपुरलाई यसरी हल्लायो (भिडियो सहित)


 


भोजपुर, साउन २

बैशाख १२ गते नेपालमा विनाशकारी महाभूकम्प गयो । यसबाट हजारौले ज्यान गुमाए । अरबौको भौतिक क्षति पुग्यो । सयौं घाइते भएका छन् । १२ गतेमात्र होइन भोलिपल्ट अर्थात १३ गते पनि ठूलो पराकम्प गयो ।

यसबाट पनि धेरै क्षति पुग्यो । त्यस्तै बैशाख २९ गते पनि ठूलो पराकम्पन गएको थियो । यदाकदा अहिले पनि भूकम्पका पराकम्पनहरु अाउन गरेका छन् ।

१२ गतेको विनाशकारी भूकम्पले पूर्वि नेपालको सुन्दर पहाडी जिल्ला भोजपुरमा पनि धेरै मात्रामा भौतिक क्षति पुर्याएको छ ।

घरहरु भत्केका छन्, चर्केका छन् । भूकम्प अाउने डरले भोजपुरका मानिसहरु त्यतिबेला सुरक्षित र खुल्ला ठाउँमा बसेका थिए ।

बैशाख १३ गते भोजपुर सदरमुकामकाे विचमा अवस्थित टुँडिखेलमा धेरै मानिसहरु थिए । ठिक त्यतिबेलै भूँइचालो अायो । धेरै मानिसहरु टुँडिखेलमा थिए ।

बाटोमा हिड्दै गरेकाहरु भने भूँइचालो अाउन थालेपछि चिच्याउँदै भागदौड गरेका थिए । बैशाख १३ गते खिचिएको यस्तो छ भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्