यसरी गरियो भोजपुरमा सुझाव संकलन


 


भोजपुर, साउन ४

भोजपुरका दुबै निर्वाचन क्षेत्रमा सोमबार एकसाथ संविधानको पहिलो मस्यौदा माथि सुझाव संकलन गरिएको छ । क्षेत्र नं १ को दिङ्ला बजार २ को घोरेटार बजारमा सुझाव संकलन भएको हो ।

sujhab  (3) - Copy
दिङ्ला बजारमा सुझाव दिन भेला भएका स्थानीय

सुझाव संकलनका लागि क्षेत्र नं १ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा यस क्षेत्रका प्रत्यक्ष सभासद कृपसुर शेर्पा, पुर्व जलश्रोत मन्त्री तथा सभासद ज्ञानेन्द्रबहादुर कार्की र जयन्ती राईको उपस्थिति थियो । त्यस्तै क्षेत्र २ मा यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सभासद एंव संसदको सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई र सभासद मिनबहादुर विश्वकर्माको उपस्थिति रहेको थियो ।

सुझाव संकलन उत्साहका साथ सम्पन्न भएको छ । सुझाव दिन उपस्थित भएका स्थानियले विकास निर्माणको कुरा उठाएका छन् । त्यस्तै उनिहरुले अन्तरिम संविधान २०६३ भन्दा पनि यो मस्यौदा अपुरो भएको सुझाव दिएका छन् ।

मस्यौदाको प्रस्तावनानै लामो भएको भन्दै यसलाई सुधार गर्नुपर्ने धेरैको राय छ । त्यस्तै नामांकन र सिमांकन सहितको संविधान जारी गर्न अधिकांशले सुझाव दिएका छन् ।

प्रकाशित मिति: ४ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्