क्यानाडाको अल्ट्रा म्याराथनमा भोजपुरकी मीरा चौथो


 


thumb2767-24भोजपुर, साउन ४
नेपालकी अल्ट्रा धाविका मीरा राईले इटालीमा आइतबार सम्पन्न स्काई रनिङ वल्र्ड सेरिजअन्तर्गत डोलोमिटिज स्काई रेसमा चौथो स्थान हात पारेकी छन् । स्काई रनिङमा भर्खर पारंगत बन्न थालेकी मीरासँग उक्त प्रतियोगिताको खासै अनुभव थिएन ।
उक्त रेसमार्फत उठेको रकम र विजेताको रकम आयोजकले मीरा राईमार्फत नेपालका भूकम्पपीडितको सहयोगार्थ हस्तान्तरण गर्ने बताइएको छ । उक्त रकम मीरामार्फत ट्रेल रनिङ नेपालले पीडितको सहयोगमा खर्च गर्ने मिराको फेसबुकमा उल्लेख छ ।
mira_rai_02
अल्ट्रा धाविकाको रूपमा विश्वभर पहिचान बनाएकी मीराले हालै फ्रान्सको चामोनिक्समा भएको ८० किलोमिटर दूरीको मोन्ट ब्लान्क अल्ट्रा म्याराथनको उपाधि जितेकी थिइन् । मीराले यसअघि हङकङमा भएको ५० किलोमिटरको एसियन स्काई रनिङ अल्ट्रा च्याम्पियनसिप र इटालीमा भएको इन्टरनेसनल अल्ट्रा रनको उपाधि पनि जितेकी थिइन् ।
उनले नेपालमै भएको हिमालयन आउटडोर फेस्टिभलमा ५० किलोमिटर दूरीको ट्रेल रेस र एक सय ५७ किलोमिटरको मुुस्ताङ ट्रेल रेस पनि जितिसकेकी छन् । २२ किलोमिटर दूरीको उक्त रेसमा पनि विश्वभरका चर्चित धाविकाको सहभागिता रहेको थियो । 
नेपालकी चर्चित एथलेटिक्स खेलाडी कान्छीमाया कोजू क्यानाडामा सम्पन्न ‘द नर्थफेस इन्डुरेन्स च्यालेन्च अल्ट्रा रेस–२०१५’ मा तेस्रो भएकी छिन् । ब्लु माउन्टेन ओन्टारियोमा आइतबार भएको १० किलोमिटर दूरीको दौडमा कान्छीमाया तेस्रो भएकी हुन् ।
विश्वका चर्चित महिला धाविकाको सहभागिता रहेको उक्त स्पर्धामा आयोजक क्यानाडाकै खेलाडी पहिलो र दोस्रो भएका थिए ।
यो पनि पढ्नुहोस्

प्रकाशित मिति: ४ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्