भोजपुर अाएका पर्यटन मन्त्री शेर्पा भन्छन् नेपाल सुरक्षित छ


 


kirpasur sherpa - Copyभोजपुर, साउन ५
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पपछि पनि नेपालका पर्यटकिय क्षेत्र सुरक्षित नै रहेको बताएका छन् । मंगलबार संविधानको पहिलो मस्यौदा माथिको सुझाव संकलनका लागि भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले नेपालका पर्यटकिय क्षेत्र सुरक्षित रहेको बताउँदै कतिपय विदेशी संस्थाले हल्ला फिजाएजस्तो पर्यटकिय क्षेत्र नरहेको बताएका हुन् ।

भूकम्पले क्षति पुगेको छ, मन्त्री शेर्पाले भने यसको तत्काल पुनः निर्माण हुन्छ, तर धेरै पर्यटकिय क्षेत्र सुरक्षित नै छन् । पर्यटन क्षेत्रबाट नेपालले ठुलो आम्दानी गर्दे आएकोका कतिपय संस्थाले आफ्नो स्वार्थ पुरा गर्नका लागि नेपालको बदनाम गराउँदै आएको मन्त्री शेर्पाको भनाई थियो ।

जिल्लाको धेरै पर्यटकिय क्षेत्रको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन भएको मन्त्री शेर्पाले बताए । मन्त्री भएपछि शेर्पा पहिलो पटक सदरमुकाममा आएका हुन् ।

प्रकाशित मिति: ५ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्