भोजपुरेहरुले यस्तो सुझाव दिए


 


Bhojpur sujhab 1 - Copyभोजपुर, साउन ६

संविधानको पहिलो मस्यौदा माथि सुझाव संकलनका लागि सभासद सहित भोजपुर अाएको टोलीलाई भोजपुरेहरुले सुझावकाे ठुलै पोकाे दिएका छन् । भोजपुरमा तीन ठाउँमा चार पटक सुझाव संकलन भयो । भोजपुरका स्थानीयले दिएको सुझावका बुँदाहरु यस्ता छन्

१ प्रस्तावना भद्धा भयो यसलाई संक्षेपिकरण गरियोस्

२ वडाध्क्षदेखी राष्ट्रपतिसम्मको शैक्षिक योग्यता तोकियोस्

३ नागरिकता वितरणमा कडा गरियोस्

४ रोगी र ६० बर्ष उमेर नाघेका बुढा नेतालाई विश्राम दिइयोस्

५ राजनीतिक स्थिरताका लागि अनिवार्य थ्रेसहोल्ड र प्रत्यक्षमा एक सिट देखी माथि जितेको राजनीतिक पार्टीलाई मात्र समानुपातिक सिट उपलब्ध गराइयोस्

६ धार्मिक स्वतन्त्रता कायम गरियोस्

७ गाईलाई राष्ट्रिय जनावर नबनाइयोस

८ तीन वा पाँच प्रदेश मात्र कायम होस्

९ राष्ट्रिय पोशाक तोकियोस्

१० युवालाई सैनिक तालिम र बेरोजगार युवालाई रोजगार भत्ता उपलब्ध गराइयोस्

११ महिलालाई ३३ हैन ५० प्रतिशत अधिकार सुनिश्चित गरियोस्

१२ तराई, पहाड र हिमाललाई समेटेर प्रदेश बनाइयोस्

१३ नामांकन र सिमांकन सहितको पूर्ण संविधान अाअोस्

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्