साफ यू १५ च्याम्पियनसीप : उपाधि भारतको पोल्टामा, नेपाल २–१ ले पराजित


 


काठमाडौं, भदौ ११
काठमाडौंमा आज सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधी भारतले उचालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनल खेलमा नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।

नेपालले ४१ औं मिनेटमा अग्रता लिएपनि पछिसम्म जोगाउन सकेन । पहिलो हाफमा बलियो देखिएको नेपाल दोस्रो हाफमा कमजोर भयो ।

भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीको अवसरलाई स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५९ औं मिनेटमा लालरोकिमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए भने ७५ औं मिनेटमा भारतका बिक्रा प्रताप सिंहले गोल गर्दै खेल आफ्नो पक्षमा पारे ।

 

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्