गजल


 


                                                      ललिता साउँद

उडेर तिमी सूर्य झारेर देखाउ

सक्छा‌ै भने दिउँसै रात पारेर देखाउ

कसरी भन्छौ, जुनलाई टिप्छु

रात्रीको बसाई सारेर देखाउ

उचाल्छु भन्छाै पृथ्वी हातमा तिमी

हजारौ खोला तारेर देखाउ

नगर जिद्धी यो पृथ्वीसंग

जितेर भन्दा हारेर देखाउ

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्