Deshko News
८ आश्विन २०८०, सोमबार

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता



काठमााडौं, भदौ २९

समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणमा अपराजित नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा नेपालले बिहिबार बलियो प्रतिश्पर्धी सिंगापुरलाई ७ विकेटले हराउँदै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो।

पवन सरार्फले सर्वाधिक ६ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ६७ रनमा समेटिएको थियो। ६८ रनको लक्ष्य लिएर मैदानमा आएको नेपाल १३ ओभर ४ बल खेल्दै ३ विकेट गुमाएर जीत हाशिल गर्‍यो।

नेपाललाई जिताउन सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए। सुमित महर्जन (१०) र सन्दिप जोरा (७) नटआउट रहे।

क्लब अमानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा २८.३ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सरार्फले ८ ओभर बलिङ गर्दै ४ मेडन राखी१२ रन खर्चिएर ६ विकेट लिए। किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १-१ विकेट लिए ।

सिंगापुरका सिद्धान्त र आर्यमान सुनिलले समान २० रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन् । सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो ।

अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।

समूहमा सबै तीन खेल जीतेको नेपाल ६ अंक जोड्दै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ । यता नेपासँग पराजित सिंगापुर पनि दुई खेलमा विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का बनाएको छ।

सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो । छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News