काठमाण्डु म्याराथुनमा भोजपुरका प्रतिस्पर्धी के भए ?


 


काठमाडौं, भदौ ३१
शनिबार भएको ११ औं काठमाण्डु म्याराथुनमा भोजपुरका दुई प्रतिस्पर्धीले १२ औं र आठौं स्थान ओगट्न सफल भएका छन् ।

हजारौ प्रतिस्पर्धीलाई पछि पार्दे पुरुषतर्फ भोजपुर नगरपालिका–२ हैलौछाका रामबहादुर गुरुङले १२ औं स्थान ओगट्न सफल भएका हुन् । त्यस्तै महिलातर्फ षडानन्द नगरपालिका–१० साङपाङकी सुनिता राई ले आठौं स्थानमा आफूलाई उभ्याएकी छिन् ।

२१ किलोमिटर हाफ म्याराथुनमा गुरुङले एक घण्टा २६ मिनेटमा दुरी पार गरेका थिए भने २ घण्टा ५५ मिनेटमा राईले दुरी पुरा गरेकी थिइन ।उनिहरुले शनिबार संसारभरका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरेका हुन् ।

उनिहरुलाई यो प्रतिस्पर्धामा भाग लिनका लागि दाँवाली मिलन क्लब काठमाडौंले समन्वय गरेको छ भने श्रेष्ठ टेलरिङले आर्थिक सहयोग गरेको छ ।

यी दुई प्रतिस्पर्धी गत बैशाख १ गते भोजपुरमा भएको भोजपुर–मैयुङ स्काई रेसका च्याम्पियन हुन् । गुरुङले ३३ किलोमिटर दौड ३ घण्टा २२ मिनेटमा पुरा गरेका थिए भने राईले ५ घण्टा १० मिनेट लगाएकी थिइन ।

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्