‘सूक्तिसंग्रहः प्रकृति र जीवन, अनुभूति र दृष्टिकोण’ सार्वजनिक



काठमाडौं, असोज १
कृतिकार एवम् मानववादी लेखक रघुनाथ अधिकारी ‘निलमशेखर’ को ‘सूक्तिसंग्रहः प्रकृति र जीवन, अनुभूति र दृष्टिकोण’ शनिबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कृतिको विमोचन गरेका हुन् ।

कृति विमोचन गर्दै कार्यक्रमका प्रमूख अतिथि एवम् प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले चिन्तनशील र अध्ययनशील व्यक्तिले मात्रै सूक्तिहरुको संग्रह तयार गर्न सक्ने बताए । उनले जीवन र जगत्का बारेको आफ्नो दृष्टिकोणलाई कृतिकारले यस सूक्तिसंग्रहमा मजासँग पस्किन सफल भएको भन्दै कृतिमा दृष्टिकोणको गहनता रहेको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. रजनी ढकाल र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विष्णु प्रभातले सूक्तिसंग्रहमा समावेश विषय वस्तुको गहनतामाथि समिक्षा गरेका थिए ।
सूक्तिसंग्रहका सम्पादक एवम् वरिष्ठ पत्रकार टी.एन. घिमिरेले यस कृतिमार्फत लेखकले आफुलाई दार्शनिक एवम् चिन्तक व्यक्तित्वका रुपमा प्रस्तुत गर्न सफल भएको बताए ।
एक हजार ३० सुक्तिसंख्या रहेको सूक्तिसंग्रहमा ४ सय १० शीर्षक रहेको र अल्फाबेटिक ढंगबाट शीर्षक राखिएको कृतिकार रघुनाथ अधिकारी ‘निलमशेखर’ ले जानकारी दिए ।

नेपालमा जातीय आन्दोलन, जीवनका अुनूभूतिहरु, नेपालका अधिकारीहरु, बागमतिदेखि ब्रह्मपुत्रसम्म, मानव र जातिः अतिवाद र सहअस्तित्व, मध्ययुगकी महतारी–चन्द्रवता र सूक्तिसंग्रह गरि लेखकका सातवटा कृतिहरु प्रकाशन भएका छन् । त्यसका साथै मानववादको पक्षमा उनका थुप्रै फुटकर लेख रचनाहरु समेत विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News