Deshko News
११ आश्विन २०८०, बिहिबार

मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १३० को मृत्यु



काठमाडौं, असोज ४
मेक्सिकोमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा पनि १३० जनाको मृत्यु भएको छ । मंगलबार मेक्सीको सिटीमा भूकम्पबाट कसरी बच्ने भन्ने बारे छलफल गरिरहेका बेला नै भूकम्प गएको हो ।


भूकम्पबाट मृत्यु भएका तथा घाइतको खोजी तथा उद्दार कार्य भइरहेको छ । भूकम्पमा परि विद्यालय गएका बालबालिकाहरु फसेको आशंका गरिएको छ ।

पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै केन्द्रविन्दु भएको ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

मेक्सिकोमा यसअघि ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो । जुनबेला १० हजार बढी मानिसले ज्यान गुमाएका थिए । यसै महिना देशको दक्षिणी भागमा ८।१ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ९० जनाको मृत्यु भएको थियो ।

 

 

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News