गौशालाको मेयर उपमेयरमा माओवादी केन्द्र विजयी


 


महोत्तरी, असोज ६
महोत्तरीको गौशला नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ ।
गौशालाको मेयरमा माओबादी केन्द्रका शिवनाथ महतो निर्वाचित भए ।

उनले ५ हजार ९४४ मत प्राप्त गरे भने उपमेयरमा माओवादीकै आशा लामा ५ हजार ९७० मत प्राप्त गरिन विजयी भइन् ।

मेयरका निकटम प्रतिद्वन्दी संघीय समाजवादी फारेम नेपालका उम्मेदवारले मेयरतर्फ ५ हजार मत पाए भने उपमेयरतर्फ ४ हजार ६४२ मत पाए ।

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्