बारामा एमालेको पहिलो खाता, जितपुर सिमरा उपमहानगरमा विजयी

बारा, असोज ७
बारामा एमालेले पहिलो खाता खोलेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण पौडेल विजयी भएका छन् ।
उनले १४४६९ मत ल्याएर जितेका हुन् । उपमेयरमा एमालेकै सरस्वती चौधरी विजयी भएकी छन् । यो जितसँगै एमालेले १५ स्थानीय तहमा जित हासिल गरेको छ ।
प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार