वीरगन्ज अपडेट : फोरमका विजय जित नजिक, कस्को मत कति ?

वीरगन्ज, असोज ११
वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार जित नजिक पुगेका छन् । फोरमका उम्मेदवार विजय सरावगीले १८२३१ मत ल्याएका छन् ।
उनलाई कांग्रेसका उम्मेदवार अजय द्विवेदीले पछ्याइरहेका छन् । द्विदेली १६४९१ मत ल्याएका छन् । यो मतान्तर १७ सय बढी हो । लगभग सरावगीको जित सुनिश्चित जस्तै भएको छ । अब मत गन्न करिब ६ हजार बाँकी रहेको बताइएको छ ।
अहिलेसम्म ७८ हजार ४ सय २१ मतगणना भइसकेको छ । उपमेयरमा भने कांग्रेस उम्मेदवार शान्ति कार्की विजय नजिक पुगेकी छन् । उनले १८ हजार ८ सय ८६ मत ल्याएकी छिन् भने फोरम उपमेयरकी उम्मेदवार पिंकी यादवले १७ हजार ३ सय ५० मत ल्याएकी छन् ।
वीरगन्ज महानगरपालिकामा राजपा तेस्रो, एमाले चौथो, माओवादी केन्द्र पाचौं र फोरम लोकतान्त्रिक छैठौं स्थानमा छन् । ३२ वडा रहेको यो महानगरपालिकामा ८४ हजार ५ सय १३ मत खसेको थियो ।
कस्को मत कति ?
फोरम, मेयर/उपपेयर १८२३१/१७३५०
कांग्रेस, मेयर/उपपेयर १६४९१/१८८८६
राष्ट्रिय जनता पार्टी, मेयर/उपपेयर ११००१/६९१५
नेकपा एमाले, मेयर/उपपेयर ८१८६/९८०२
माओवादी केन्द्र, ७९३३/४८२३
फोरम लोकतान्त्रिक, मेयर/उपपेयर ७७६२/६६९३
प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार