लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते



लस एन्जेलस, असोज १६
अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगीतिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरू २०० जना घाइते भएका छन् ।

लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी भएको छ ।

सोमबार बिहान लस भेगासको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५० पुगेको जानकारीसहितको विज्ञप्ति प्रकाशन गरेको छ । सोही गोलीकाण्डमा परी २०० जना गम्भीर रूपमा घाइते भएका छन् ।

सो होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एक जना आक्रमणकारीले गोली चलाएर आम हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ वर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो ।

प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन, भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।

साथै प्रहरीले सो घटनामा संलग्नताको आशंकामा एकजना एसियाली महिलाको पनि खोजी गरिरहेको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News