भोजपुरमा पूरक परीक्षाको तयारी पुरा, ११ सयले परीक्षा दिँदै


 


भोजपुर, साउन १८
बुधबारबाट शुरु हुने पूरक परीक्षामा भोजपुरबाट एक हजार एक सय ४१ जनाले परीक्षा दिदैछन् । परीक्षाको तयारी पुरा भएको छ । परीक्षाका लागि दुई केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।

विद्योदय उच्च मावि र यशोधरा उच्च मावि टक्सारलाई परीक्षा केन्द्र तोकिएको छ । पूरक परीक्षामा भोजपुरका ७० वटा विद्यालय भाग लिदैछन् । यो बर्ष भोजपुरबाट दुई हजार सात सय ५२ विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

जसमा चार सय ९५ जना विद्यार्थी उत्र्तिण भएका थिए । १२ विद्यालयको नील संगै दुई हजार दुई सय ५७ विद्यार्थी अनुर्तिण भए, जसमा एक हजार एक सय ४१ जनाले पूरक परीक्षाको मौका पाएका हुन् ।

प्रकाशित मिति: १८ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्