डायस्पोराविज्ञ राई विकिपिडियामा


 


काठमाडौँ, कात्तिक ४

स्वतन्त्र विश्वकोश विकिपिडियामा बेलायतको वेल्स निवासी नेपाली साहित्यकार रक्ष राई समावेश गरिएका छन् ।

आजभन्दा ५३ वर्षअघि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको बुइँपामा जन्मिएका राई डायस्पोराविज्ञका रुपमा परिचित हुनुका साथै डायस्पोरामा बसेर लेख्ने मध्ये अब्बल साहित्यकार मानिन्छन् ।

गत वर्षमात्रै बेलायतमै रहेका युवा साहित्यकार मिजास तेम्बेसँग मिलेर डायस्पोरा सम्बन्धी पुस्तक ‘डायस्पोरा सिद्धान्त : सिर्जना र समालोचना’ ल्याएका राईका कविता, कथा र चिन्तनका ७ पुस्तक प्रकाशित छन् ।

तेम्बेसँगै सङ्युक्त रुपमा नेपाली साहित्यमै नितान्त नौलो वैचारिक पुस्तक ‘नवचेतनाग्रह’ निकालिसकेका राई पछिल्लो समय युद्धसौन्दर्य चिन्तन सम्बन्धी काम गरिरहेका छन् ।

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्