हेलिकप्टर एम्बुलेन्स !


 


helicopter ambulence (3)ध्रुव सुवेदी
भोजपुर, साउन २९
यहाँको विकट उत्तरी क्षेत्र दोभाने गाविसका रामबहादुर राई गत शुक्रबार भालुको आक्रमणमा परे । स्थानीय जंगलमा घाँस काट्न गएका राईको गाउँमा उपचार सम्भव थिएन्, सदरमुकाम बोकेर ल्याउन झण्डै चार दिन लाग्थ्यो । गाउँसम्म मोटरबाटो पुगेकै छैन् । गम्भिर घाइते राईको उपचारका लागि काठमाण्डौं लाने तयारी भयो ।

घाइते भएको तीन दिन पछि मात्र उनि काठमाण्डौ उपचारका लागि पुगे, हेलिकप्टर चढेर । राईका लागि हेलिकप्टर एम्बुलेन्स बन्यो दुई लाख ५० हजार रुपैयाँ तिर्दा । भालुको आक्रमणले गम्भिर घाइते भएका राईको मौषम खराबीका कारण तीन दिनसम्म गाउँमा उपचार बिनै दिन रात बित्यो ।

सोमबार भोजपुर सदरमुकाममा १० बर्षिय बालक पपुलर प्रधानको साथीसँग खेल्ने क्रममा तीन वटा औला चुँडिए । जिल्ला अस्पताल उपचारका लागि लगियो । अस्पतालमा उपचार सम्भव थिएन् ।

अस्पतालले सुविधासम्पन्न अस्पतालमा रेफर गरिदियो । सडक यातायात हुँदै एम्बुलेन्सबाट लानका लागि बाटो हिलाम्मे र जलाम्मे हुँदा सम्भव थिएन् । जसका लागिhelicopter ambulence (2) दुई लाख ५० हजारमा हेलिकप्टरलाई एम्बुलेन्स बनाउन बाध्य भयो बालक परिवार ।

शरीरमा रगत अभाव भएपछि बुधबार दुई लाख ५० हजार रुपैयाा तिरेर हेलिकप्टरलाई एम्बुलेन्स बनाउन बाध्य भए भोजपुर नगरपालिका–७ का २८ बर्षिय निमछिरिङ शेर्पा । भोजपुर अस्पतालमा रगत अभाव हुँदा उनलाई अन्यत्रै उपचारका लागि रेफर गरियो ।

यहाँ बुधबार हवाई उडान छैन्, सडक यातायात छ, तर २२ किलोमिटर दूरी पार गर्न झण्डै एक दिन नै लाग्छ । जिल्लामाा नामले हवाई र सडक यातायात पुगे प नि शेर्पाले यसरी महंगो हेलिकप्टरलाई एम्बुलेन्स बनाउन बाध्य भए ।

यो चार दिनमा घटेका यी तीन प्रतिनिधि उदाहरण मात्र हुन् । यसरी भोजपुरको आकाशमा दिनहुँ हेलिकप्टर आइरहेको छ, केबल एम्बुलेन्स बनेर । अनि यहाँका बिरामी सकी नसकी जीवन बचाउनकै लागि हेलिकप्टर चार्टर गरेर उपचार गराउन राजधानी जान बाध्य भएका छन् ।

भोजपुरमा हप्तामा पाँच दिन हवाई उडान भए पनि नियमित नहुँदा विरामीहरु हेलिकप्टरलाई एम्बुलेन्स बनाउन बाध्य भएका हुन् । यहाँको सडक यातायात यतिबेला बेहाल भएको छ । सडक यातायात बेहाल हुँदा यहाँ सञ्चालित एम्बुलेन्स थन्किएर बसेका छन् भने दिनुहँ हेलिकप्टर एम्बुलेन्स बनेर भोजपुर आउने गरेका छन् ।

बिरामीहरु जिवन बचाउँनकै लागि यतिका महंगो भाडाँ तिरेर उपचार गराउन बाध्य भएका छन् । पैसा हुनेले त हेलिकप्टर मगाउन पनि सजिलै छ, तर नहुनेहरुको कन्तबिजोग हुने गरको छ । जिल्ला अस्पताल नाम मात्रकै हुँदा धेरै विरामी रेफर भएपछि उपचार गराउन अन्यत्रै जान बाध्य भएका हुन् ।

rabahadur raiविरामीहरुको हेलिकप्टर खर्चमा मात्रै झण्डै तीन लाख पर्छ, नागरिक समाज भोजपुरका सह–संयोजक नेत्रविनोद लुँईटेल भन्छन् । उपचार खर्च त छुट्टै छ । यस्तो हुँदा पनि सकी नसकि जीवन बचाउनकै लागि उनिहरु गुहार गरिरहेको उनको भनाई छ ।

कमजोर आर्थिक अवस्था भएका विरामीहरु अकालमै मृत्युवरण गर्न बाध्य छन् । धेरै जसो गाउँका विरामीहरु यसरी अकाल मृत्युको सिकार बनिरहेका छन् ।

गाउँबाट उपचारका लागि जिल्ला अस्पताल ल्याए पनि यहाँ अति सामान्य खालका विरामीहरुको मात्र उपचार हुने गरेको छ । अलिकति जटिल केश आउन साथ अस्पतालले अन्यत्रै विरामी लैजान सुझाव दिन्छ । घाइते बालकका बुवा फविन्द्र प्रधानले भने हवाई उडान हुँदैन् । सडक यातायाता गणनामै पर्देन जसका लागि हेलिकप्टर बिकल्प बन्यो ।

कतिपय विरामीहरुले गाउँको घरबारी बन्धकी बनाएर समेत उपचारका लागि हेलिकप्टर मगाउने गरेका छन् । उपचार पछि कमजोर आर्थिक अवस्था भएका उनिहरु सुकुम्बासी हुने गरेका छन् । यतिबेला भोजपुरमा मासिक करोडौ रुपैयाँ हेलिकप्टरलाई एम्बुलेन्स बनाउँदा मै सकिएको छ ।helicopter ambulence (1)

जिल्लामा हवाई उडान नियमित भए यतिका धेरै रकम उनिहरुको खर्च हुने थिएन् । यतिबेला भोजपुर– काठमाडौ हवाई उडानको टिकटको मूल्य चार हजार दुई सय मात्र छ । हेलिकप्टरलाई तिर्ने खर्चले स्तरिय उपचार हुने थियो, प्रधानले भने कुनै उपाए नभएपछि बच्चा बचाउनकै लागि हेलिकप्टर चार्टर गर्नुपर्याे ।

जिल्ला अस्पतालमै स्तरिय उपचार भए धेरै विरामी आर्थिक अभावले मृत्युवरण गर्नु पर्ने थिएन्, सह–संयोजक लुँइटेल भन्छन्, अस्पताल नाम मात्रकै हुँदा समस्या विकराल बनेर गयो । अझ भरपर्दाे मानिएको सडक यातायात सुचारु भए एम्बुलेन्सले पनि कम खर्चमा तराईका अस्पताल विरामीलाई पुर्याउन सक्थे । तर यो सुविधा भोजपुरमा यतिबेला छैन् ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्