भोजपुरमा संविधानको मस्यौदा खारेजको माग राख्दै यस्तो प्रर्दशन (फोटो फिचर)


 


IMG_5656भोजपुर, साउन ३०

प्रमुख चार राजनीतिक दलले छ प्रदेशमा सहमति जनाएसँगै संविधान बन्नेेमा केही अाशाका किरणहरु पलाएको छ । यद्यपी यो सहमति अनि संविधानको मस्यौदा नै खारेजको माग राखेर केही साना दलहरु अान्दोलनमा होमिएका छन् । उनिहरुले साउन ३१ र ३२ गते अामहड्ताल नै अायोजना गरेका छन् ।

जसको प्रचार स्वरुप अाज साँझ धेरै जिल्लामा मसाल जुलुस निकालेका छन् । भोजपुरमा पनि तीन दलले साँझ मसाल जुलुस निकालेका थिए । सिमित नेता कार्यकर्ता रहेको जुलुस लाेकतान्त्रिक गेटबाट शुरु भएर चार भन्ज्याङमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रहरीले मसाल खोसेको थियो । भोजपुरमा संघीय समाजबादी फोरम नेपाल, बैद्य नेतृत्वको नेकपा-माअोवादी र सामाजिक लोकतान्त्रिक पार्टी संविधानको मस्यौदामा विरोध जनाउँदै अान्दोलनमा छन् ।

IMG_5653IMG_5654IMG_5663IMG_5666IMG_5676

प्रकाशित मिति: ३० श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्