भोजपुरमा के भने पर्यटन मन्त्री शेर्पाले ?


 


kirpasur sherpaभोजपुर, साउन ३१

शनिबार भोजपुर विमानस्थल निरिक्षण गर्न अाइपुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले भोजपुर विमानस्थलको विस्तारका लागि काम थाल्ने बताएका छन् । स्थानीयले विमानस्थल विस्तारको लामो समयदेखी माग गर्दे अाएका थिए ।
मन्त्री शेर्पाले यतिबेला पहिलेकै ठाउँमा स्तरोन्नती भइरहेकाे विमानस्थल विस्तारका लागि जसरी भएपनि पहल गर्ने वताएका छन् ।

जिल्लाको पर्यटकिय र सांस्कृतिक धरोहर विकास तथा प्रवद्र्धनका लागि यसै वर्षको वजेटमा विशेष व्यवस्था गरेको मन्त्रि शेर्पाको भनाई थियो । जिल्लाको पर्यटकिय पदमार्गको विकासका लागि पनि वजेटवाट रकम विनियोजन भएको बताए । जिल्लाको विकासमा सबै एकजुट भएर लाग्नु पर्नेमा मन्त्री शेर्पाको जोड थियो ।

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्