कस्तो छ भोजपुर विमानस्थल ?


 


photo 1 (5)भोजपुर, भदौ १
झण्डै चालिस बर्ष अगाडी देखी भोजपुरमा सञ्चालमा रहेको विमानस्थल पुर्व क्षेत्रकै पुरानो विमानस्थल भित्र पर्छ । ठ्याक्कै कुन सालबाट हवाई उडान शुरु भएको हो तथ्यांक नभए पनि २०३४ सालदेखी यहाँ नियमित हवाई उडान हुँदैछ ।

हवाई उडान शुरु हुँदा घाँसे मैदानबाट शुरु भएको विमानस्थल करिब ४० बर्षपछि भने केही स्वरुप फेर्देछ । यहाँको टक्सारस्थित उर्वर धान खेतलाई मासेर विमानस्थल बनेको हो ।

आर्थिक बर्ष ०७०÷७१ को बजेट बक्तव्य माफर्त धेरै जिल्लाका विमानस्थलको स्तरोन्नती गर्न चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट विनियोजन गर्दा आफ्नो गृह जिल्लाको विमानस्थललाई पनि छुटाएनन् । र, लामो समयसम्म घाँसे मैदानको रुपमा रहेको भोजपुर विमानस्थल यतिबेला स्तरोन्नती हुँदैछ ।

यतिबेला विमानस्थलको कालोपत्रे बाहेकको काम सकिएको छ भने हिउँदमा कालोपत्रे हुने विमानस्थल आयोजनाले जनाएको छ । बर्खामा कालोपत्रे गर्नका लागि आवश्यक कच्चा पदार्थ ढुवानी हुन नसक्दा कालोपत्रेको काम रोकेर यतिबेला नियमित हवाई उडान हुन थालेको छ ।

अहिले विमानस्थलको लम्बाई पाँच सय ३४ मिटर छ भने चौडाई ३० मिटर रहेको छ । ११ मिटर लम्बाई बढाएर विमानस्थलको धावनमार्ग कालोपत्रे हुन लागेको हो ।

गत असार महिनादेखी मात्र यहाँ हवाई उडान हुन थालेको हो । यहाँ साना टिवनअटर जहाजले मात्र उडान गर्दे आएका छन् । स्तरोन्नती हुँदा पुरानै ठाउँमा मात्र भएकोले स्थानीयले विमानस्थलको धावनमार्ग विस्तारको माग समेत गरेका थिए ।

यतिबेला नेपाल बायुसेवा निगमको जहाजले काठमाडौ–भोजपुर हप्तामा चार विराटनगर–भोजपुर दुई उडान गर्छ भने तारा एयरले हप्तामा एक दिन काठमाडौं–भोजपुर उडान गर्दे आएको छ ।

यहाँ बढी सदरमुकाम आसपासकै स्थानीयले बढी हवाई सुविधा लिने गरेका छन् । सडक यातायात भरपर्दाे भइनसकेको भोजपुरका लागि भरपर्दाे यातायातको माध्यम हवाई उडान मात्र हो ।

यो पनि पढ्नुहोस्

यस्तो भयो भोजपुर विमानस्थल, यसरी अायो जहाज (भिडियो सहित)

कस्तो भयो भोजपुर विमानस्थल ? (फोटो फिचर हेर्नुहोस्)

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्