‘हेलाे प्रहरी’ यो के गरेको ?


 


14+भोजपुर, भदौ ३
भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको छ । व्यक्तिगत लेनदेनको विषयमा प्रहरीले रानीबास–२ पेक्लाका ५५ बर्षिय रहरमान राईलाई निर्मम कुटपिट गरेको हो । राईलाई व्यक्तिगत लेनदेनको विषयमा परेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरीले आइतबार अपरान्ह पक्राउ गरी मरणासन्न हुने गरी कुटेका हुन् ।

प्रहरीको कुटाइबाट राई गम्भिर घाइते भएका छन् । घटना साउन ३१ गतेको भए पनि भर्खर सार्वजनिक भएको छ । घटनालाई गाउँमै ढाकछोप गर्न खोजिए पनि राईका परिवारका सदस्य र आफन्तले बाहिर ल्याएका हुन् ।

प्रहरीको कुटाइबाट गम्भिर घाइते बनेका राईको शरिरभरी निलडाम र चोट छ । उनको गाउँमा रहेको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सुविधासम्पन्न अस्पतालमा लान स्वास्थ्थकर्मीहरुले सुझाव दिएका छन् ।

16+राईलाई रातभर यातना दिएपछि पनि अवकास प्राप्त नेपाली सेना भएको थाहा पाएपछि परेड खेल्न लगाएका थिए । मलाई परेड खेल्न लगाए, कान समाएर सार्वजानिक रुपमा उठबस गराए, पीडित राईले भने प्रहरीले रातभर कुटिरहे ।

प्रहरीले घटना ढाकछोप गर्न जिल्लाबाहिर नै उपचार गराउन लाने तयारी गरेको बुझिएको छ । तर राईका परिवारले जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदै उजूरी गर्ने तयारी गरेका छन् ।

जिल्लामा राईलाई लाँदा घटना बाहिर आउने भएपछि प्रहरीले यस्तो षडयन्त्र बुनेको पीडित परिवारको आरोप छ । पीडित राईले आपूmमाथि प्रहरी नायव निरिक्षक लगायत नौ जना प्रहरीले यातना दिएको बताएका छन् ।

पीडित राई विरुद्ध रानीबास–३ का गंगाराम राई, सानीमाया राई, कौशिला राई, सर्मिला राई, प्रमिला राईले संयुक्त रुपमा उजुरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालयबाट खटिएका चार जना प्रहरीले पीडित राईलाई आइतबार मेलाबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय घोरेटार लगेका थिए । प्रहरीले आफूलाई हिरासतमा राखेर छिमेकीका पैसा खाने तँही हैनस् भन्दै रातभर यातना दिएको पीडितले बताएका छन् ।

पीडित राईले श्रीमति मनमाया राईमार्फत केहीवर्षअघि विदेश जानको लागि छिमेकी देशबहादुर राईको श्रीमति सुमित्रा राईसित १७ हजार दुई सय रुपैंया“ ऋण सापटी लिएका थिए । सोही ऋण समयमा तिर्न नसकेपछि सुमित्रा राईको छोरीहरु सर्मिला राई, कौशिला र प्रमिला राईले उक्त लेनदेनमा साक्षि बसेका गंगाराम राई र उनको श्रीमति सानीमाया राई समेतले प्रहरीलाई उजुरी दिएका थिए ।

आपूmले छिमेकीबाट लिएको ऋण तिर्न नसकेपछि धरौटीवापत सात वर्षदेखि व्याज मरौनी आधा घरवारी दिइसकेको भएपनि उनिहरुले सधै दुःख दिने गरेको पीडित परिवारको भनाई छ । राई विदेशबाट फर्किएपछि ऋणको सा“वाव्याज बुझाउन जा“दा दोब्बर मागेपछि पा“च बर्षअघि ३५ हजार रुपैंया“ दिंदा समेत उनिहरुले लिन नमानेको पीडित परिवारको भनाई छ ।

6+प्रहरीमा उजुरी परेपछि पक्राउ परेका बाबुलाई ऋणमुक्त गराउन छोरी सुमित्रा राईले प्रहरीको रोहवरमा ५२ हजार रुपैंया“ तिरेर बाुबुलाई हिरासत मुक्त गराएकी थिईन् । घटनाबारे इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरिक्षक चिरन्जिवि दाहालले गल्ति भएको स्विकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार लम्सालले आफुलाई यसबारे घोरेटार इलाकाले जानकारी नदिएको बताए । म ३१ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन आएको थिए, घटना त्यही दिन भएको रहेछ, मलाई जानकारी नै गराएनन् डिएसपी लम्सालले भने ।

प्रहरीले ठगी, लुटपात, चोरी डकैती सम्बन्धि मुद्धा मात्रै अनुसन्धान गर्छ, व्यक्तिगत लेनदेनको मुद्धा हेर्देन डिएसपी लम्सालले भने घटनामा संलग्न प्रहरीलाई कारबाही हुन्छ ।

प्रकाशित मिति: ३ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्