पूर्वका नौ जिल्ला बन्द


 


भद्रपुर, भदौ १४

सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ । पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, ताप्लेजुङ् लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

बन्दको कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधान चल्न सकेका छैनन् । बजार फाटफुट खुलेका छन् भने औद्योगिक प्रतिष्ठान, शैक्षिक संस्था बन्द छन् । बन्दको कारण कुनै पनि अप्रिय घटना नभए पनि प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्