मृत्यु सँग संघर्ष गर्द नेवि संघका चर्चित पूर्व विद्यार्थी नेता रायमाझी


 


भोजपुर, भदाै २१

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवंम नेपाली कांग्रेसका युवा नेता उमेशजंग रायमाझी कलेजो (लिभर) ले काम गर्न छोडे पछि सिकिस्त भएका छन् । उनको पारिवारीक स्रोतका अनुसार कलेजो प्रत्यारोपणका लागि लाखौं रुपैयांको जोहो गर्न नसक्दा घरमै थलिएका छन् ।umesh jung

रायमाझीको जीवन रक्षाका लागि उनको परिवारले आर्थिक सहयोगका लागि सार्वजानीक अपील गरेको छ । केही दिन अघि उनको उपचारको लागि सरकारले २५ लाख रकम सहयोग गरेको थियो ।

उपचारका लागि महंगो खर्च लाग्ने भएकोले थप सहयोग जुटाउन युवाहरु लागि परेकाे तरुण दलका पूर्व केन्द्रिय सचिव उत्तम कुमार चाँपागाइले बताए ।

प्रकाशित मिति: २१ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्